बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

रास्वपाकी डा. तोसिमा स्वास्थ्य राज्यमन्त्री बन्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डां तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ । एक उपप्रधान्, तीन मन्त्रीसहित एक राज्यमन्त्री पाएको (रास्वपा)ले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो ।

रास्वपाले उपप्रधानसहित गृहमन्त्रीमा सभापति रवि लामिछानेलाई पठाइसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाललाई सिफारिस गरिएको छ ।

त्यसैगरी, डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : २१ बजे