बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

विमान दुर्घटनास्थलबाट तीन जना जिवितै उद्धार



काठमाडौं । आज भएको यति एयरलाइन्सको विमान दुर्घटनास्थलबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको (एनएएनसी) एटीआरको विमान दुर्घटना भएको स्थान कास्कीको सेती खोँचमा तीन जनालाई जिवितै फेला पारिएको हो ।

आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको एनएएनसी एटीआर जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

हालसम्म ३६ जनाको शव फेला पारिएको प्हरीले बताएको छ । जिवितै भेटिएकाहरुलाई अस्पताल पठाएको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : १२ बजे