चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

दुर्घटनाप्रति प्रचण्डले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : ३९ बजे