बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

माघी पर्वले राष्ट्रिय एकता, स्वाभिमान र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँ छ : प्रदेश प्रमुख परियार



काठमाडौं । कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताएका छन् ।
थारू जातिको माघी र मगर जातिको माघे सकरातीका रूपमा मनाइने पर्वको अवसरमा आज एक शुभकामना सन्देशमार्फत देश तथा विदेशमा बसेका आमाबुवा, दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्णमा नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छनु् । प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गरेका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “माघी, माघे वा मकर सङ्क्रान्ति दिएर विभिन्न नामले मुलुकभित्र रहेका सबै जाति, भाषा, धर्म र समुदायका मानिसले मनाउने पर्वले हामी सबैलाई एकै मालामा गाँसेको छ । यसले संविधानको स्वीकार्यतालाई बढाउँदै त्यसको कार्यान्वयन जोड दिन हिमाल, पहाड र तराईमा बस्ने सबै समुदायलाई एकाकार हुन सहयोग पु¥याएको छ ।”

बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक सुन्दर देश नेपालमा अनेकतामा एकता र विविधतामा विशिष्टता रहेको जनाउँदै यो पर्वले राष्ट्रिय एकता, स्वाभिमान र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिल्ने विश्वास लिएको प्रदेश प्रमुख परियारले बताएका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ११ : १३ बजे