मंसिर १०, २०८१ सोमबार Tue Nov 26 2024

कर्णाली सभामुखमा कांग्रेसका खड्क र एमालेबाट नन्दाले दिए उम्मेदवारी



सुर्खेत । कर्णाली प्रदेश सभामुख पदका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेल र नेकपा एमालेबाट नन्दा गुरुङले उम्मेदवारी दिएका छन् ।

सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने एमालेबाट नन्दा गुरुङले सभामुखको लागि उम्मेदवारी गराएका हुन् ।

सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। उनले भने ‘उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ।’

एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ०२ बजे