बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

लुम्बिनीमा मुख्यमन्त्रीको आज शपथ ग्रहण



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउनेछन् ।

आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक÷एक मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताए ।

“आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ”, उनले भने, “त्यसका लागि छलफल भइरहेको छ ।” बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १० : ३६ बजे