३० असार २०८३, मंगलबार Wed Jul 15 2026

पृथ्वीजयन्तीमा आज राप्रपाको चियापान कार्यक्रम



काठमाडौं ।पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन्। चियापानमा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा पनि अध्यक्ष लिङ्देनले ‘रोष्ट्रम’बाटै चियापानमा उपस्थितिका लागि आग्रह गरेका थिए।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : २० बजे