बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

नयाँ स्वरुपमा टर्टल लाउन्ज एण्ड क्लब सञ्चालनमा



‘काठमाडौं । टर्टल लाउन्ज एण्ड क्लब’ नयाँ स्वारुपमा पुनःसञ्चालनमा ल्याइएको छ । चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुतीसँगै क्रिसमस इभको अवसरमा ‘टर्टल लाउन्ज एण्ड क्लब’ सञ्चालन गरिएको हो ।

क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार यसमा विभिन्न खानाका परिकारका साथै पारिवारिक वातावरणमा मनोरञ्जन लिन सकिने छ । यो ‘टर्टल क्लब स्थापना भएको पाँच वर्ष भइसकेको छ । क्लबले ग्रहकलाई सेवासहितको मनोञ्जन दिँदै आइरहेको छ । ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ठमेलकै सुविधायुक्त ‘टर्टल लाउन्ज एण्ड क्लब’ लाई नयाँ संरचनासहित सञ्चालन ल्याएका छौं, ठकुरीले भने ।

ग्राहकले टर्टलमा क्लब मात्रै नभएर लाउन्जको सुविधा लिन सक्नेछन् । उनका अनुसार क्लबमा लाइभ सांगीतिक प्रस्तुति दिने अवधिलाई ‘लाउन्ज’ समय भनिएको हो । उक्त समयमा पारिवारिक जमघट हुनेछ । वैवाहिक वर्षगाँठ, जन्मदिन मनाउन अथवा विभिन्न परिकारका स्वदिष्ट खानाखानको लागि परिवारसहित आएका हुन्छन् ।

लाउन्जको समय म्युजिक सुनेर ग्राहकले आनन्द लिनेछन’, ठकुरी भन्छन्, ‘दिनभरीको थकान मेटाउन क्लब आउने गरेका हुन्छन् । क्लबको विषेशता भनेको पूर्ण रुपमा पारिवारिक वातावरण र मनोरञ्जनयुक्त नै हो । क्लबमा हरेक साँझ ७ बजेदेखि बेलुकी १२ बजेसम्म लाइभ म्युजिक हुनेछ । जसमा फरक–फरक ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन् ।

‘१२ बजे देखि डिजे म्युजिक सुरु हुन्छ । त्यो क्लबिङ रुचाउने ग्राहकले म्युजिकमा रमाउन सक्नेछन्। हामीले सन्तुष्ट बनाउन मनोरञ्जनको ढाँचालाई फरक बदलेका छौं’, ठकुरीले भने । ग्राहकहरु यस क्लबभित्र प्रवेश गरेपछि समुन्द्रमा बसेको अनुभूत गराउँने उनको भनाई छ ।

ग्राहकको चाहनालाई मध्यजनर गरी सुविधासम्पन्न र सुरक्षा व्यवस्थाले क्लबलाई थप व्यवस्थित बनाएको ठकुरीको भनाइ छ । ‘क्लब संस्कृतिको विकास भइसक्दा पनि क्लबहरु स्तरीय बन्न नसक्दा मनोरञ्जका लागि आएका ग्राहक सन्तुष्ट हुन नसकेका हुन् । क्लबमा आएका स्वादेश तथा विदेशी पाहुनहरुलाई सुरक्षित वातवरणसहति सेवा–सुविधा पनि विस्तार गरेका छौं’, उनले प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ३५ बजे