बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ – प्रधानमन्त्री प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन् ।

रेशम चौधरी अन्यायमा परेको आफूले बताउँदै आएको स्मरण गराउँदै उनले चौधरीसहितलाई रिहा गर्न चाँडै विधेयक ल्याएर ऐन बनाउने जानकारी दिए । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले ससर्त प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएकी छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ५८ बजे