२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

जसपा मधेस प्रदेशको संसदीय दलमा सरोज यादव चयन



काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन्। निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको हो। जसपाको मधेस प्रदेशमा १६ सांसद छन्।

मुख्यमन्त्रीसमेत रहेका लालबाबु राउतले दलको नेता बन्ने आकांक्षा राखेपछि जसपाले निर्वाचनको तयारी गरेको थियो। तर अन्तिम समयमा सहमतिमै दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : २५ बजे