चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

एमाले, कांग्रेस, माओवादीको कार्यकर्ता नभएकै कारण रेशम चौधरीलाई झुठा मुद्दा लगाइयो : रञ्जिता श्रेष्ठ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुठा मुद्दा लगाएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन उनले आफ्नो अधिकार मागेर हिँडका चौधरीसहित राजबन्दीलाई थारूको छोरा भएकै कारण जेलमा हालेको बताएकी छन् ।

चौधरीकी पत्नीसमेत रहेकी उनले चौधरीलाई राज्यले विभिन्न चरणमा सम्मान गरेको स्मरण गराइन् । टीकापुरमात्र होइन अन्य स्थानमा भएका हत्याहिंसाको पक्षमा आफूहरू पनि नरहेको भन्दै उनले न्यायका नाम ज्यादती गर्न नपाइने बताए ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले अदालतको आदेश नमानेको पनि उनले आरोप लगाइन् । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा, रवि लामिछानेले समेत रेशम चौधरी निर्दोष रहेको बताएको स्मरण गराउँदै उनले उनको न्यायका लागि सहयोग गर्न आग्रह गरिन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ५ : ४० बजे