बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

अनलाइन जुवा र क्रिप्टोकरेन्सीका एप नेपालमा बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन



काठमाडौँ । नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले निर्देशन दिएको छ । मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बन्द गर्न भनेको हो ।

प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ । अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्ता गर्न प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन जारी गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ११ : ३३ बजे