चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

स्थानीय जनताको आन्दोलनमा वृहत नागरिक आन्दोलनद्वारा ऐक्यबद्धता



काठमाडौँ । शंखरापुर नगरपालिका वडा नं ३ बोझेनीमा स्थानीय जनताले गरेको आन्दोलनमा वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको विद्युतीय सबस्टेसनले विकासका नाममा जनताको थातथलो र आदिभूमि अतिक्रमण गरेको भन्दै स्थानीय जनताले केही दिनेदेखि आन्दोलन गरिरहेका छन् । स्थानीय जनतासँग गरिनुपर्ने न्यूनतम सहमति र सहकार्यलाई कुल्चेर विकासका नाममा जनतालाई उठिबास लगाउने काम भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । कुनै पनि बस्ती, समुदाय वा स्थानको ऐतिहासिकतालाई नै ध्वस्त पार्ने गरी भएको उक्त कार्य स्वीकार्य नभएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विकास र समृद्धिको नाममा जनताको मागलाई बेवास्ता गर्दै राज्यले बलमिच्याइँ गरेर प्रहरी दमन गर्ने क्रियाकलापलाई बृहत् नागरिक आन्दोलनले भर्त्सना गर्छ । लोकतन्त्रको आधारभूत मूल्यमान्ता विपरीत सरकार हप्तौँसम्म जनताको मुद्दालाई बेवास्ता गरिरहनु खेदजनक छ । सुरक्षा निकायबाट महिला, ज्येष्ठ नागरिक, बालबालिकासमेतलाई हातपात गर्नेजस्ता क्रियाकलापको छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने बृहत् नागरिक आन्दोलनको माग रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ५ : ४६ बजे