काठमाडौं । नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामाले नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धनलाई गम्भीर धोका दिएको बताएका छन् । लामाले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट चुनाव जित्नका लागि पाँच दलीय गठबन्धन नछोड्ने भन्ने प्रचण्ड प्रधानमन्त्री बन्नको लागि एकाएक एमालेसँग टाँसिएर कांग्रेसलाई धोका दिएकोप्रति आपत्ति जनाएका छन् ।
सभापति लामाले भनेका छन्, ‘कम्युनिस्टहरुबाट जति बेलापनि धोका हुने भएकाले पनि आउँदा दिनमा उनीहरुसँग गठबन्धन्न गरेर नअलमलिन पार्टी नेतृत्वलाई सुझाएका छन् । प्रचण्डले नेपाली कांग्रेसलाई गम्भीर धोका दिएको भन्दै नेता लामाले सामाजकि सञ्जालमा यस्तो लेखेका छन्, ‘देखिस् केरे एमाले, जनताले भोट कहाँला जस्ता नारा लगाएका माओवादी अहिले त्यहीं एमालेको सरणमा सत्ता माग्न पुगेको छ ।’
तर अहिले प्रधानमन्त्री बन्न भने एमालेको सरणमा पुगेको भन्दै प्रचण्डको आलोचना गरेका छन् । उनले लेखेका छन्, गठबन्धन टुट्नमा नेपाली कांग्रेसको मात्रै दोष नभएको त्यसमा नेकपा माओवादी झन् बढी दोषी रहेको बताएका छन् । नेता लामाले नेपाली कांग्रेसभित्र पनि नेतृत्व तहमा बस्ने नेताहरुले सुजबुझपूर्ण र लचकतापूर्ण व्यवहार गर्न नसक्दा पनि यस्तो परिस्थिति आएको भनेका छन् ।
लामाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मात्रै एक थान प्रधानमन्त्री बन्नका लागि पाँचदलीय गठबन्धन तोडिएको हो ? हिजो तत्कालीन प्रधानमन्त्रीले गरेको प्रतिगमन सच्चियो ? गणतान्त्रिक नेपालको सविधानको मूलमर्मलाई अब केपी ओलीले प्रहार गर्नुहुन्न ? अबदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो सरकारमा बस्दा वाइडबडी विमान खरिद काण्ड, बालुवाटार जग्गा प्रकरण, एति प्रकरण, ओम्नी प्रकरण, गोकर्ण रिसोटको जग्गा भाडा प्ररण सबै क्षम्य भयो त ? उनको प्रश्न रहेको छ ।
सभापति लामाले ‘के एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो सत्तामा रहँदा र एमाले–माओवादी पार्टी नेकपा हुँदाको कमीकमजोरी प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाउनेबित्तिकै सबै सच्चियो त’ समाजिक सञ्जालमा लेखेका छन् । खाली प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा चाहीं प्रतिगमन पनि नहुने संविधान पनि मिचेको नहुने हो त ? भन्द्र लामाले प्रतिप्रश्नसमेत तेस्र्याएका छन् ।
उनले माओवादी केन्द्रको ११ लाख नेपाली कांग्रेस २७ लाख मतसँगै नेकपा एकीकृत समाजवादी र अन्य पाँच दलीय गठबन्धनको पक्षमा भोट हालेका जनताको अपमान भएको र यसले देशलाई अँध्यारोतिर धकेलेको भन्दै यस्ता धोकाधडी गरेकोप्रति प्रचण्डले नेपाली जनतासँग माझी माग्नुपर्ने बताएका छन् ।
अब देशलाई सही दिशातिर डो–याउन र लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाको लागि प्रचण्डले गरेको गल्तीको सजाँय दिलाउनको लागि विश्वास मत लिनुपूर्व नै एमाले–माओवादी बाहेकका दलहरु र स्वतन्त्रबाट सांसदहरुसँग गम्भीर छलफल र परामर्श गर्न शीर्ष नेताहरुलाई नेता लामाले सुझाव दिएका छन् । त्यसको लागि सभापति लामाले सामाजिक सञ्जालमा लेख्दै नयाँ सत्तासमिकरणको लागि यस्तो गतिण तयार गरेका छन् ।
नेपाली कांग्रेसको ८९ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिट, राप्रपा १४ सिट, लोसपा ४, सिट, जसपा १४ सिट, नेकपा एकीकृत समाजवादी १० सिट, जनमत पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३ र राष्ट्रिय जनमोर्चा १, मजदूर किसान पार्टी १ र अन्य स्वतन्त्रबाट विजयी ५ गरी जम्मा १६५ सिट पुग्ने अंक गतिण नेता लामो निकालेका छन् ।