बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

नयाँ सत्तासमिकरणको लागि कांग्रेस नेता लामाको सुझाव



काठमाडौं । नेपाली दोलखाका सभापति वर्मा लामाले पाँचदलीय गठबन्धनलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर घोका दिएको बताएका छन् । लामाले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट चुनाव जितेका प्रचण्ड प्रधानमन्त्री बन्न एकाएक एमालेसँग टिँसिएको भन्दै अबका दिनमा कदाचित वामपन्थीको विश्वास गर्नुनहुने बताएका छन् ।

प्रचण्डले नेपाली कांग्रेसलाई गम्भीर धोका दिएको भन्दै सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘देखिस् केरे एमाले, जन्ताले भोट कहाँहाले’ भन्दै कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले चुनाव जितेको बेला नारा लगाएका थिए । तर अहिले प्रधानमन्त्री बन्न तिनै एमालेको रणमा पुगेको भन्दै प्रचण्डको आलोचना गरेका छन् ।

उनले लेखेका छन्, ‘गठबन्धन टुट्नमा भलै नेपाली काँग्रेसको एक मात्रैले होइन नेतृत्व तहमा रहेको नेताहरुले समयमै सुजबुझपूर्ण र लचकतापूर्ण निर्णय लिन नसक्नुको दोषको भागिदार सबै हुनेपर्ने छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मात्रै एक थान प्रधानमन्त्रीको लागि गठबन्धन तोड्नु उपयुक्त हो ? प्रतिगमन सच्चिएको हो ? गणतन्त्र नेपालको संविधान को मुलमर्मलाई के.पी ओलीले प्रहार गर्न छोड्नु भएको हो ? खड्का प्रसाद वलीको गणतन्त्र प्रतिको धारणा स्पष्ट भैसकेको हो ?, हिजो सरकारमा बस्दा घटाएको घट्नहरु ह्वाइट बडी विमान, जग्गा भाडा काण्ड, ६० करोडको प्रेस काण्ड, ललिता निवास काण्ड लगायत यावत थुप्रै भ्रष्टाचारको काण्डहरु सच्चिएको हो ? सच्चिएको हो भने यो नयाँ एमालेसंगको सत्ता गठबन्धन ठिकै होला होइन सच्चिएको छैन भने, माओवादी केन्द्रको ११ लाख मतदाता,नेपाली काँग्रेसको २७ लाख, नेकपा समाजवादी र समग्रमा पाँचदलीय गठबन्धनको मतदाताले विस्वास् गरेर दिएको मतप्रति ठूलो धोखाधडी भएको छ,देशलाई अँध्यारो सुरुङतिर धकेल्दै छ, अझ भन्नै पर्दा प्रचण्डले अक्षम्य गल्ती गरेको छ ।

देशलाई सहि दिशामा डो¥याउन, संविधानलाई जोगाउनको लागि, यो गल्तीको सजाय दिलाउन अपरिहार्य हुन आउँछ,त्यसो भएको हुनाले विस्वासको मत लिन पुर्व नै एमाले–माओबादी बाहेकका दलहरु र स्वतन्त्र सांसदहरूसंग गम्भीर छलफल– परामर्श आजाकै दिन–आहिलेकै क्षणबाट प्रारम्भ गरेर सत्ताच्युत गर्न जरुरी देखिएको छ।गणितीय हिसाबले पनि सम्भावना देखिएको छ ।

त्यसको लागि नेपाली काँग्रेस ९ सिट, स्वातन्त्र पार्टी २० सिट।, राप्रपा १४ सिट ४, जसपा १४, नेकपा समाजवादी १० सिट, लोसपा ४ सिट, जनमत पार्टी ४ सिट () ना.उ.पा. ३ सिट, राष्ट्रिय जनमोर्चा १ सिट नेमकिपाको १ सिट स्वतन्त्रहरु ५ सिट गरी जम्मा १६५ सिट हुने लामाले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १२ : २५ बजे