चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

गाउँपालिकाद्वारा विद्यालय भवन र शौचालय शिलन्यास



काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले विधालयहरुमा कक्षा कोठा थपका लागि भवन र शौचालयको शिलन्यास गरेको छ । गाउँपालिकाले वडा नम्बर ७ र ३ का दुई वटा विधालयहरुमा दुई कोठे आरसीसी भवन र वडा नम्बर ६ र ३ का दुई वटा विधालयमा बालमैत्री, लैगिंकतामैत्री र अपांगतामैत्री शौचालयको शिलन्यास गरेको हो ।

गाउँपालिकाका वडा नम्बर ७ र ३ का दुई वटा विधालयहरुमा सिकाइ परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा उक्त कार्य सम्पन्न भएको हो । कार्यक्रम गाउँपालिका अध्यक्ष र उपलब्ध वडा अध्यक्ष, वडा सदस्यहरु, विधालय प्रधानाध्यापक तथा सिकाई परियोजनाको प्रतिनिधिहरुले संयुक्त कक्षा कोठा भवन तथा शौचालयको शिलन्यास गरेका हुन् ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । दुई कोठे आरसीसी भवन रु ३९,४४,७६५ र बालमैत्री, लैगिंकतामैत्री र अपांगतामैत्री शौचालय रु. १४,९०,००० लागतमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ०४ बजे