चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

चन्द्रनगर गाउँपालिकाले जेष्ठनागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क यातायात व्यवस्था मिलाउने



काठमाडौं । चन्द्रनगर गाउँपालिकाले जेष्ठनागरिक, असाहय र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क यातायात व्यवस्था मिलाउने भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफ्नो गाउँपालिकाभित्रका जेष्ठनागरिक, अशक्त, अपाङ्गता भएका ब्यक्ती, गर्भबती महिला तथा असाहाय गरिब र विपन्न परिवारका ब्यक्तीहरुलाइ आफ्ना गाउपालिकाभित्रको काममा आवत जावत गर्नका लागि निःशुल्क यातायात सुविधाको लागि २ वटा अटो सेवा सन्चालमा ल्याउन लागेको अध्यक्ष महतोले जनाकारी दिएका छन् ।

यस्तो व्यवस्था मिलाउने अध्यक्षको उदाहरणीय कार्य भएको सर्वसाधारणले बताएका छन् ।यसको लागि अध्यक्ष लगायत गाउँपालिकाका सम्पूर्ण टिमलाई धन्यवादका पात्रको रुपमा चित्रित गरिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : ०२ बजे