बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

सर्वदलीय बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सांसद पशुपति समशेर जबराले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न उनले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।नयाँ सरकार बनेपछि प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ ।

बैठकमा दलका सचेतक, संसदीय दलबाट प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : ५८ बजे