बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गए राति पाल्पामा भएको बस दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सँगसँगै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन पनि सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

‘गए राति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : ४५ बजे