बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने पक्का



काठमाडौं । सत्ता गठबन्धनको चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी कम्तीमा तीन मन्त्रालयसहित सरकारमा सहभागी हुने पक्का भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने निश्चित भएको स्रोतले जानकारी दिएको छ ।

लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जानेछन् । रवि लामिछाने जस्तै लिङ्देन पनि पहिलो पटकमै उपप्रधानमन्त्री बन्दै छन् । तेस्रो ठूलो दल रास्वपाले ३ मन्त्रालय पाउने भएकाले राप्रपालाई २ मन्त्रालय दिने प्रस्ताव छ । तर उसले ३ वटा मन्त्रालय दाबी गरेको छ । वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ । वागमती र गण्डकीमा राप्रपाको मत निर्णायक छ ।

लिङ्देनसँगै महामन्त्री डा। धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्री बन्ने सम्भावना बलियो रहेको छ । अर्का दाबेदार विक्रम पाण्डेको भने भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालत जान लागेकाले उनी यस पटक मन्त्री बन्ने सम्भावना नरहेको राप्रपा स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १ : २२ बजे