चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिनेश चुके



चितवन । होटल व्यवसायी महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके चयन भएका छन् । चितवनको भरतपुरमा बुधबार राति सकिएको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन ९सङ्गठन० उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् ।

उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम चयन भएका छन् । यस्तै, महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश मलहोत्रा सर्वसम्मत चयन भएका छन् ।

सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल चयन भएका छन् । कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ सर्वसम्मत चयन भए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : २२ बजे