४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

पूर्व स्वीकृति बिना विद्यालयमा प्रवेश नगराउन महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृति बिना विद्यालय प्रवेशमा रोक लगाएको छ ।

विद्यालयमा चन्दा आतंक, अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको भन्दै महानगर शिक्षा विभागले सबै विद्यालयमा पत्राचार गरेर विभागको पूर्वस्वीकृति विना कसैलाई पनि प्रवेश नगराउन भनेको हो ।

विद्यालयमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानवअधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीसँग जबर्जस्ती आर्थिक सहयोग माग गर्ने गरेको गुनासो आउने गरेपछि उक्त निर्णय गरिएको विभागले जनाएको छ ।

उक्त क्रियाकलापले विद्यालय शान्ति क्षेत्रको उल्लंघन भई विद्यालयको समग्र शैक्षिक गतिथविधि प्रभावित भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १२ : १२ बजे