५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

एकीकृत समाजवादीको बैठक बस्दै



काठमाडौं।नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दैछ।

बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि आगामी रणनीति बनाउन नसकेपछि पोलिटब्यूरो बैठक बस्न लागेको खतिवडाले बताए।

अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे पोलिटब्यूरो बैठकमा छलफल गर्ने उनले जानकारी दिए। ‘अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन’, उनले भने, ‘सरकारमा जाने वा नजाने भन्ने विषय पनि पोलिटब्यूरो बैठकले टुंगो लगाउनेछ।’

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : ०४ बजे