४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

पाटन दरबार स्क्वायर परिसरमा फोटो खिच्न महानगरसँग अनुमति लिनु पर्ने



काठमाडौं । विश्वसम्पदा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र फोटो खिच्न महानगरसँग अनुमति लिनु पर्ने छ । ललितपुर महानगरपालिकाले आइतबारदेखि पाटन दरबार स्क्वायर क्षेत्रमा अनुमति बिना कुनै पनि कार्यक्रम गर्न नपाइने गरी बन्देज लगाएको हो।

महानगरपालिका भित्रको ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षणका लागि उक्त निर्णय गरिएको महानगरप्रमुख चिरिबाबु महर्जनले बताएका छन् । उनले दरबार स्क्वायर क्षेत्रभित्र सवारी प्रवेशदेखि विभिन्न कार्यक्रममा रोग लगाइएको बताएका छन् ।

दरबार क्षेत्रमा जथाभावी कार्यक्रम गर्नाले सम्पदामा क्षति पुगेको भन्दै त्यसको संरक्षणका लागि महानगरपालिकाले त्यस्ता कार्य गर्न रोक लगाएको बताइएको छ ।

पछिल्लो समय दरबार क्षेत्रमा भिख माग्ने, अनुमतीबिना फिल्म तथा फोटो सुटिङ गर्ने, जथाभावी टिकटक बनाउने जस्ता कार्य गरी धार्मिक, साँस्कृतिक र पुरातात्विक पक्षमा आँच आउने कार्य भएकाले त्यस्ता कार्य गर्न रोक लगाइएको महर्जनले बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ०६ बजे