बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

महान् फुटबलर पेलेको निधन



काठमाडौं। विश्व फुटवको इतिहासमा महान् र चर्चित खेलाडीको उपनाम बनाएका ब्राजिलियन खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । ८२ वर्षीय पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए। अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन् ।

ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ ।

पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेको छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ४७ बजे