मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न गृहको निर्देशन



काठमाडौं । गृहमन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई निर्देशन दिएको छ ।

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामाबाहेक विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको भन्दै गृहमन्त्रालयले सुरक्षाकर्मी र पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिन निर्देशन दिएको हो ।

अन्यथा विभागीय कारबाही हुने गृहले चेतावनीसमेत दिएको छ ।

गृहमन्त्रालले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १ : ३१ बजे