बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

बागलुङमा तीन घण्टामा तीन वटा भूकम्प



काठमाडौं । बागलुङ केन्द्रबिन्दु भएर बुधबार राति तीन वटा भूकम्प गएका छन् ।

बुधबार बिहानका राति १ बजेर २३ मिनेटमा बागलुङको अधिकारी चउर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यस लगत्तै २ बजेर ७ मिनेट जाँदा खुङ्गा केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो।

सँगै बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चउर नै केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ३९ बजे