चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सम्झौता अनुसार सेवासुविधा नदिएपछि कर्मचारी आन्दोलित



काठमाडौं । सम्झौताअनुसार सेवासुविधा नदिएपछि काठमाडौं महानगरका कर्मचारीहरु आन्दोलित भएका छन् । महानगरले युनिक सेक्युरिटी सर्भिस बल्खुबाट ‘हायर’ गरेर कर्मचारी ल्याएको थियो । महानगरले त्यसरी ‘हायर’ गरेर ल्याएका कर्मचारीले आन्दोलन गरेका हुन् । महानगरकाका सरसफाइ, सुरक्षागार्डलगायतका कर्मचारीहरु आन्दोलित भएका हुन् ।

कम्पनीसँग सहमति भएअनुसार सेवा सुविधा नपाएको भन्दै उनीहरु दबाब दिन आन्दोलित भएका हुन् । सम्झौता पत्रमा मासिक तलब २० हजार पाउने भनिए पनि आफूहरुले १५ हजार मात्रै पाउने गरेको उनीको भनाइ छ ।

उनीहरुले महानगरले कम्पनीसँग सम्झौतापत्रमा उल्लेख गरे अनुसारको सुविधा पाउनुपर्ने अडान सेक्युरिटी सर्भिसका कर्मचारीसँग राखेका हुन् । उनीहरुले महानगरले आफूहरुलाई सुकुमबासी बस्ती हटाउन खटाएको र त्यहाँ खट्ने क्रममा झडप हुँदा घाइते भएकाले उपचार खर्चसम्म नपाएको उल्लेख गरेका छन् ।
अनधिकृतरुपमा राखिएका विज्ञापन बोर्ड, होडिङ बोर्ड हटाउन महानगरले आफूलाई खटाउने र सोही क्रममा चोटपटक लाग्दा उपचार खर्च नदिएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : १७ बजे