बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

कुमारी र एनसीसी बैंकले पुस १७ बाट एकीकृत कारोबार थाल्ने



काठमाडौं । कुमारी र एनसीसी बैंकले पुस १७ बाट एकीकृत कारोबार थाल्ने भएका छन् । यी दुई बैंक एक आपसमा मर्जर भएपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

यी दुई बैंकले पुस १५ र १६ गते सबै शाखा कार्यालयलाई सार्वजनिक विदा दिएको छ । मर्जरपछि उक्त बैंकको रजिष्टर्ड कार्यालय टंगालमा रहने बताइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : ५६ बजे