बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

कांग्रेस नेताद्वारा देउवाको राजीनामा माग



काठमाडौं । आम निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता बाहिर पुगेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको पुनः प्रधानमन्त्री बन्ने लालचले जनमतबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेस प्रतिपक्षमा बस्न पुगेको हो।

सभापति देउवा र डा. आरजु राणा देउवाको हठका कारण यस्तो अवस्था आइलागेको भन्दै कांग्रेसकै नेताहरुले नै राजीनामा माग्न थालेका छन् । कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले देउवाको राजीनामा माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरुले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।’

कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले पनि सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘ठगतन्त्र, बेइमानी र धोकामात्र होइन, तिमी कहाँ छौ र तिम्रा सल्लाहकार कहाँ छन्, घटनाको जिम्मा लिनुपर्छ पर्दैन प्रमाणित गर !!’

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ५९ बजे