चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नेता झलनाथ खनालले सत्ता गठबन्धन भत्किनुको कारण खुलाए



काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन भत्किनुको कारण खुलाएका छन् ।

गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निस्किएपछि बाहिरिएका खनालले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बचनबाट पछि हटेकाले गठबन्धन भत्किएको बताए ।

‘प्रचण्डको आग्रहअनुसार शेरबहादुरले पहिलो प्रधानमन्त्री बन्न सहमति दिएका थिए । पछि शेरबहादुरले दिएको आफ्नै बचनअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुभएन । बचन दिनुभएपछि पनि शेरबहादुरले मान्नुभएन ।’ खनालले भने, ‘उनले दिएको बचन पूरा नभएपछि अब सहमति हुन्छ र विश्वास कायम हुन्छ भन्ने के भर भयो र मलाई विश्वास भएन म हिँडे भनेर प्रचण्डले भन्नुभयो । अब गठबन्धन पनि रहेन ।’

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : २७ बजे