बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

चीनमा सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए



बेइजिङ । उत्तरपश्चिमी चीनको सिनजियाङ क्षेत्रमा रहेको एउटा सुन खानी पुरिँदा १८ जना मजुदर फसेका छन् । फसेका मजुदरहरूको उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ ।

शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए । खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए ।

२२ जना खानी कामदारको उद्धार गरिएको र अन्य १८ जना खानीभित्र फसेका प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : ३१ बजे