बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

सुनचाँदीको मूल्यमा वृद्धि



काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १२ : ५१ बजे