३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

प्रधानमन्त्री देउवा र राजदूतबीच थम्पसनबीच भेट, सत्ता समीकरणबारे अमेरिकी चासो



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेट भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न अमेरिकी राजदूत थम्पसन मंगलबार अपरान्ह बालुवाटार पुगेका थिए।

संसदीय दलको नेताका लागि उमेदवारी दर्ता गरेर फर्किपछि अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री देउवासँग भेट गरेको बालुवाटार स्रोतले बताएको छ। राजदूत थम्पसनले पछिल्लो राजनीतिक अवस्था, संसदीय दलको निर्वाचन, सम्भावित सत्ता समिकरणलगायत विषयमा चासो राखेका थिए।

नेपालको सम्भावित सत्ता समीकरणबारे अमेरिका, भारत र चीनले गहिरो चासो व्यक्त गरिरहेका छन्। ती मुलुकका राजदूतहरुले नेपालमा विकसित भइरहेको पछिल्लो राजनीतिक अवस्थालाई नजिकबाट नियालिरहेका छन्।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ०३ बजे