बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

कैलालीमा ब्याट्री चोर समूहले चलायो गोली



काठमाडौं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–९ स्थित जुगेडामा गोली चलेको छ । गोली बिहान २ बजेर ४५ मिनेटमा प्रजापति विष्टको घरमा आएको अज्ञात समूहले गोली चलाएको हो ।

गोली चलाउने समूह भारतबाट आएको आशंका गरिएको छ । उनीहरुले चार राउण्ड गोली चलाएका थिए । सो समूहले गाडीको ब्याट्री चोर्न खोजेपछि स्थानीयले प्रतिकार गरेका थिए । प्रतिकार पछि गोली चलाएर भागेको स्थानियले बताएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : ४२ बजे