चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

स्वदेश फर्किंदै वर्षमान पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किनेभएका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा सामान्य सुधार आएपछि आज स्वदेश फर्किन लागेका हुन् ।

पुन चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत १६ मंसिरमा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गएका थिए ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा रुचि नहुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ रहेकोमा हाल घटेर १८ मा आएको पनि पुनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : २३ बजे