बैशाख १८, २०८१ मंगलबार Tue Apr 30 2024

‘मिसेस हिमालयन नेपाल २०२२’ को उपाधि शुशिलाले हात पारिन्



काठमाडौं । ‘मिसेस हिमालयन नेपाल २०२२’ को उपाधि हेटौडाकी शुशिला थिङ तामाङले हात पारेकी छिन् । हिमालयन मुभिजद्वारा राजधानीमा आयोजित प्रतियोगितामा दिया चन्द ठकुरी फस्ट रनर अफ र शान्ति बस्नेत सेकेन्ड रनर अफ भएका छन् ।

त्यसैगरी सबटाइटल अवार्डतर्फ बेस्ट पर्सनालिटी दिया चन्द ठकुरी, मोस्ट एट्राक्टीभ काजल भित्राकोटी, बेस्ट डिसीप्लिन शान्ति बस्नेत, मोस्ट कन्फीडेन्ट शुसिला थिङ तामाङ, बेस्ट फोटोजेनिक तारा शाही लिम्बु, मोस्ट डिलिजेन्ट कमला कार्की राजबहाक, बेस्ट स्माईल बबी कार्की, मोस्ट पपुलर शुसिला थिङ तामाङ, पब्लिक च्वाईस भिडियो अवार्ड दिया चन्द ठकुरीले हात पार्न सफल भएका छन् ।

त्यसैगरी बेस्ट फेसनकोरियोग्राफर २०२१ को अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा सम्पन्न सो कार्यव्रmम विवाहित महिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटन गराउनुको साथै समाजमा महिलाहरुको नेतृत्वदायी भूमिका स्थापित गराउने उद्देश्य यो कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ । कार्यक्रममा आकर्षक नृत्यहरु समेत प्रस्तुुत गरिएको थियो । साथै प्रायोजकहरुका विविध उपाहारहरु विजेताहरुलाई वितरण समेत गरिएको थियो । उक्त दृश्यमको दर्शकहरुले चासोपूर्वक नियालिरहेका थिए ।

कार्यव्रmमको निर्णायक मण्डलमा अभिनेता विशाल विष्ट, फेसन डिजाइनर शुक्नीता चौलागाई, मिस नेपाल आइडल निमालमु शेर्पा, मिसेस नोबेल नेपाल शर्मिला थापा, मिस्टर मोडल अफ द वल्र्ड मिलेनिय मतन्डुकार रहेका छन् । स्डुडियो कुबेरको फोटोग्राफी भिडियोग्राफी रहेको कार्यक्रमलाई लाइफओके टिभीले सम्प्रेसण गरेको थियो ।

कार्यव्रmमको सञ्चालननायक/मोडेल दिक्पाल कार्कीले गरेका थिए । सुधैंंजसो सुन्दरी प्रतियोगितामा अविवाहित युवतीहरुले भाग लिने गरेको देखिरहेका दर्शकहरु विवाहित सुन्दरी प्रतियोगिता हेर्न पाउँदा छुट्टै आनन्द भएको बताइरहेका थिए । यस्ता प्रतियोगिताले महिलाहरुमा स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी हुने बताइन्छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : ०० बजे