चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

मुक्तिनाथ विकास बैंकद्वारा लाभांशा घोषणा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शनिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ मुनाफाबाट हाल कायम चुक्ता पुजीँको १४ दशमलव २१ प्रतिशत (बोनस शेयरको करसहित) लाभांश घोषणा गरेको हो ।
लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १६ औं वार्षिक साधारणसभाबाट परित हुनेछ । मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी पाँच अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपियाँ रहेको छ ।
बैंकले बोनस शेयर १३ दशमलव पाँच प्रतिशत र नगद लाभांश शुन्य दशमलब ७१ प्रतिशत दिने निर्णय गरेको बैंकद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  २ : ३८ बजे