२८ असार २०८३, आइतबार Mon Jul 13 2026

समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिने



काठमाडौं। निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसदलाई आयोगले प्रमाणपत्र प्रदान गर्न लागेको हो।

दिउँसो साढे १ बजे लौनचौरस्थित आयोगको कार्यालयबाटै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राप्रपाबाट सात, जसपा पाँच र जनमतका पाँच गरी ११० समानुपातिक सांसद् छन्।

सहप्रवक्ता अर्यालका अनुसार सातवटै प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिएका २२० सदस्यले पनि आइतबार प्रमाणपत्र पाउँदै छन्।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : १० बजे