२२ आश्विन २०८३, बिहिबार Thu Oct 8 2026

जलपान कार्यक्रम गर्ने निर्वाचन आयोगको तयारी



काठमाडौं । निर्वाचन आयोगले आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै जलपान कार्यक्रम आयोजना गर्ने भएको छ।

कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा सोमबार दिउँसो आयोजना गरिने जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने छ भने अतिथिका रुपमा दलका नेता एवं समाजका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : १४ बजे