बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

पाटन दरबार स्क्वायरमा फोटो प्रदर्शनी



काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरमा फोटो प्रदर्शनी गरेको छ । आफ्नो स्थापनाको १०४ औं वर्ष प्रवेशको अवसरमा नगरपालिकाले उक्त फोटो प्रदर्शनी गरेको हो।

नगर प्रहरीको संयोजकत्वमा आयोजित फोटो प्रदर्शनीको मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए।

पाटन दरबार परिसरमा शनिबारसम्म चल्ने फोटो प्रदर्शनीको ललितपुर महानगरपालिकाभित्र नगर प्रहरीले गरेका कामहरु पहिलाको र अहिलेको गरेर देखाइएको छ ।

सो फोटो प्रदर्शनीको उद्घाटन गर्दै मेयर महर्जनले नगर प्रहरीले गरेका कामले ललितपुर सफा सन्दुर र व्यवस्थित हुन सहयोग पुगेको बताएका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ५४ बजे