३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

बाह्रबिसे नगरपालिकाले कक्षा ८ सम्म दिवाखाजा  र निःशुल्क शिक्षा दिने



काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले ८ कक्षासम्म दिवाखाजा  र निःशुल्क शिक्षा दिने् भएको छ । नगरपालिकाले कक्षा ६ सम्म उक्त दिवाखाजा दिदैँ आएको थियो । त्यस्तै  १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा नगरपालिकाले गरेको छ । 

नगरपालिका प्रमुख बालकृष्ण बस्नेतका अनुसार नगरभित्र रहेका ५४ विद्यालयलमा दिवाखाजा र निःशुल्क शिक्षाको सुरूआत गरिएको बताए । “नगरभित्र यो शैक्षिक सत्रमा भर्ना भएका छ हजार सात सय विद्यार्थीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन”, नगरप्रमुख बस्नेतले भने, “कुनै पनि विद्यालयले नगरको परिपत्रविपरीत शुल्क लिए कारबाही गरिनेछ ।” 

माध्यमिक विद्यालयलाई आवश्यक सबै शैक्षिक सामग्री नगरले उपलब्ध गराएपछि विद्यार्थीसँग शुल्क लिन नपाउने उनले  बताए ।  दिवाखाजा, परीक्षा शुल्क र विज्ञान सङ्कायको प्रयोगशालालाई लाग्ने अतिरिक्त खर्च नगरपालिकाले बेहोर्ने भएको छ ।

जसका लागि रु दुई करोड ६० लाख रकम छुट्याइएको छ । शिक्षा शाखा प्रमुख विनोद कार्कीले राज्यले संविधानमा उल्लेख गरेको शिक्षासम्बन्धी प्रावधान नगरपालिकाले यो वर्षदेखि कार्यान्वयन गरेको बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ४० बजे