२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

ईशनाथ नगरपालिकालाई जग्गा दान दिने शोभादेवी साहको घोषणा



रौतहट । मधेस प्रदेश सभा सदस्य शोभादेवी साहले ईशनाथ नगरपालिकालाई जग्गा दान दिने घोषणा गरेकी छिन् । उनले एक करोड रुपैयाँ बराबरको जग्गा दान गर्ने यस्तो घोषणा गरेकी हुन् ।

साहले ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गर्न साहले दुई कठ्ठा १६ धुर जग्गा दान दिने घोषणा गरेकी छन्।

ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानीयले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा साहले यो घोषणा गरेकी हुन्। उनले जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिकमा निर्वाचित भएपछि जग्गा दान दिने घोषणा गरेकी हुन्।

करोड मूल्य पर्ने जग्गा वडा कार्यलय र स्वस्थ्य चौकी निर्माणलाई सहयोग गरेको भन्दै वडाध्यक्ष धर्मेन्द्र साहले खुशी व्यक्त गरेका छन ।
वडा कार्यालयको भवन बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट छुट्टयाएको साहले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : ५४ बजे