४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

सुगौली गाँउपालिकाले निजी स्रोतका शिक्षक हटाउने



वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाँउपालिकाले पालिकाका सामुदायिक विद्यालयहरूमा निजी स्रोतमा कार्यरत शिक्षकहरूलाई हटाउने निर्णय गरेको छ ।

पालिकामा ३ माध्यमिक र २१ आधारभूतसहित २४ वटा विद्यालय छन्। ती सबैमा २९ जना निजी स्रोतमा कार्यरत शिक्षकशिक्षिका छन्। मंसिर २३ गतेको गाँउ कार्यपालिकाको बैठकले निजी स्रोतमा कार्यरत सबै २९ जना शिक्षकशिक्षिकाहरूलाई पुस १ देखि हटाउने निर्णय गरेको हो।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले गत सोमबार सार्वजनिक गरेको सूचनामा गाँउ कार्यपालिकाको बैठकले गाँउपालिकाबाट प्रदान गर्दै आएको विद्यालय सञ्चालन अनुदान निजी स्रोत अनुदान आगामी पुस १ गतेदेखि रोक्का गर्ने निर्णय भएको उल्लेख छ।

गाँउपालिकाले विद्यालयमा नपुग शिक्षकको व्यवस्थापन गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको जारी सूचनामा उल्लेख छ।

गाँउपालिका अध्यक्ष दिनेश चौधरीले यसअघिका जनप्रतिनिधि र कर्मचारीले विद्यालयमा आवश्यक प्रक्रिया नै पूरा नगरी हचुवाका भरमा निजी स्रोतमा शिक्षक नियुक्त गरेकाले उनीहरूलाई हटाउने निर्णय गरिएको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : ४० बजे