चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सार्वजनिक अतिक्रमित क्षेत्र हटाउन चाँगुनारायण नगरपालिकाको निर्देशन



भक्तपुर । चाँगुनारायण नगरपालिकाले सार्वजनिक अतिक्रमित क्षेत्र हटाउन निर्देशन दिएको छ। नगरपालिकाले सार्वजनिक, पर्ति र ऐलानी जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन निर्देशन दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हीरामणि सुवेदीले पुस मसान्तभित्र त्यस्ता संरचना हटाउन सूचित गरेको बताएका छन्। उनी भन्छन्, ३५ दिनभित्र अर्थात् पुष महिनाभित्र हटाइसक्न सम्पूर्णलाई सूचित गरिसकेका छौँ। निर्धारित मितिभित्र पनि नहटाए नगरपालिकाले हटाउने छ। नगरपालिकाले हटाउँदा लागेको खर्च सम्बन्धितसँग असुल्ने पनि उनले बताए।

चाँगुनारायण नगर क्षेत्रका सार्वजनिक, सरकारी र पर्ति जग्गाको संरक्षण गर्न बनेको सडक मापदण्ड एवं सहरी विकासका लागि तोकिएको मापदण्ड विपरीतका संरचना हटाउन लागेको नगरपालिकाले जनाएको छ।

वन कार्यालयले एक दशकदेखि अतिक्रमण गरी बनाएका संरचना हटाउने प्रयास गरे पनि राजनीतिक दलको दवावले सकेको थिएन। यसअघि नगरपालिकाले अतिक्रमण गरी बनाइएका भौतिक संरचना स्थानीय आफैंले भत्काउन समय सीमासहितको सूचना जारी गरेपछि स्थानीय र व्यवसायीको टोलीले तत्काल घर टहरा नभत्काउन नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : १९ बजे