४ आश्विन २०८३, आइतबार Mon Sep 21 2026

एमाले समानुपातिकतर्फबाट निर्वाचित ३४ सांसद यस्ता छन्



काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । आज (शनिबार) पार्टी मुख्यालय च्यासलमा बसेको बैठकबाट एमालले समानुपातिक निर्वाचनबाट सांसदको नामावली टुंगो लगाएको हो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट एमाले प्रतिनिधिसभामा दोसो दल बनेको छ । एमालेले समानुपातिकबाट प्रतिनिधिसभातर्फ ३४ र प्रदेशमा ७० गरी कुल १०४ सिटमा विजय हासिल गर्न सफल बनेको हो ।

यी हुन् भाग्यमानी नामहरु

खसआर्य पुरुष
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही

खसआर्य महिला
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
आदिवासी जनजाति पुरुष
देवीप्रसाद भट्टचन्द
हेमराज राई
कालुराम राई

आदिवासी जनजाति महिला
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

थारु महिला
आस्माकुमारी चौधरी
शान्ति चौधरी

दलित
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुकमणि राना बराली
हर्कमाया विश्वकर्मा

मधेसी
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
विनादेवी
अमृतादेव अग्रहरी
प्रतीक्षा तिवारी

मुस्लिम
सराज अहमद फारुकी

पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि निर्वाचन आयोगले रुजु गरी सहि भएको अवस्थामा निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : ३६ बजे