बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

खेलकुदले अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचाराको विकासमा महत्वपूर्ण योगदान गर्छ : अध्यक्ष दाहाल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदले अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचाराको विकासमा महत्वपूर्ण योगदान गर्ने बताएका छन् । उनले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको भन्दै यस्तो बताएका हुन् ।

उनले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको १८ वर्षमुनिको एसिया रग्वी प्रतियोगिताको उद्घाटन गरेका हुन् । नेपालमा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुँदा यहाँको खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उनले बताए ।

भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्वीलाई पनि समावेश गरिएको उनले बताए । प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँचवटा टोलीको सहभागिता छ । प्रतियोगितामा विभिन्न आठ एसियाली देशका खेलाडी सहभागी छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : १९ बजे