बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

एमाले बैठक स्थगित



काठमाडौं । समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १ : १५ बजे