बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

सचिव सिग्देललाई बंगेरी पुलको काम अघि बढाउन सांसद श्रेष्ठको आग्रह



काठमाडौं । बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले बंगेरी पुलको काम अगाडी बढाउन आग्रह गरेका छन् । श्रेष्ठले प्रसौनी गाँउपालिका वडा नं ७ स्थित बंगेरी खोला अलपत्र अवस्थामा रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल,महानिर्देशक अर्जुनजंग थापालाई भेटी सो पुल बनाउन आग्रह गरेका हुन् । उक्त पुल १ वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : ०५ बजे