बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

पुथाउत्तरगंगा गाउँपालिकाले ल्यायो हट लाइन सेवा संचालनमा



काठमाडौं । पुथाउत्तरगंगा गाउँपालिकाले पहिलोपटक हट लाइन सेवा संचालनमा ल्याएको छ ।

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसँग सम्पर्क गरी ग्रामीण भेगका अशक्त, अपांग, हिंसा पिडित साथै समस्यामा परेका स्थानीयले जुनसुकै बेला सेवा लिनसक्नेछन ।

“समावेशी विकासका लागि रुपान्तरित समाधान ः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सृजनसिलताको प्रभाव” भन्ने मूल नारालाई आधार मानेर अपांगता भएका व्यक्ति साथै अन्य पिछडिएका वर्गको सहायताका लागि गाउँपालिकाले हट लाइन सेवा सूचारु गरेको हो ।

हटलाइन सेवाका लागि गाउँपालिकाले ९८५१३४२१५५ नम्बर सुचारु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत वशिष्ठनारायण यादवले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : २० बजे